नियम ५
आर्थिक अनुदान तथा अन्य अधिकार प्रदान गर्न सकिने
(१) नेपाल सरकारले यस नियमावली बमोजिम पसल सञ्चालन गर्न छनौट भएका सहकारी संस्थालाई पसल सञ्चालन गर्नको लागि आर्थिक अनुदान उपलव्ध गराउन
सक्नेछ ।
(२) नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुले उत्पादन वा बिक्री—वितरण गर्ने वस्तुको डिलरशिप वा गाउंँ विकास समिति क्षेत्र भित्र वितरणको एकाधिकार सो गाउँ विकास समितिमा सञ्चालन भएकोपसललाई दिनु पर्नेछ ।